Section 36
शर्त विपरीतको काम कारबाही गर्न नहुने
विदेशी लगानीकर्ता वा विदेशी लगानी भएका उद्योगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विदेशी लगानीको लागि स्वीकृति दिँदा तोकिएको शर्त विपरीतको कुनै काम गरेको पाइएमा त्यस्तो स्वीकृति तोकिए बमोजिमको प्रकृया पूरा गरी रद्द गर्न वा त्रुटि सच्याउन लगाउन सकिनेछ।